सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

तरकारी बाली कलमी गर्नका सिकाइँदै

आइतबार, ०९ वैशाख २०८१, १५ : २७
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । तरकारी बाली कलमी गर्न सिकाइँदै छ । राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान अन्तर्गत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रले तरकारी खेती गरिरहेका कृषक, विद्यार्थीलाई दुई दिने तालिम मार्फत तरकारी बालीमा कलमी गर्न सिकाउने भएको हो । 

फिड द फ्युचर हर्टिकल्चर इनोभेसन ल्याबको आर्थिक सहयोगमा सो तालिममा देशभरका ४० जना सहभागी छन् । आइतबार र सोमबार चल्ने तालिममा सहभागीले माटोबाट लाग्ने रोगलाई व्यवस्थापन गर्न सक्ने आस लिएका छन् । 

तरकारी बाली कलमी विधि मार्फत माटोजन्य रोगहरूको व्यवस्थापन गर्न सक्ने केन्द्रका वैज्ञानिक डा. राम बहादुर खड्काले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप