सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं पिङ्क केयरएथन सम्पन्न

सोमबार, १० वैशाख २०८१, ११ : ५२
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । लिजर पोर्ट नेपालले नेपाल प्रहरी पत्नी संघसँगको सहकार्यमा प्रहरी प्रधान कार्यालयमा काठमाडौं पिङ्क केयरएथन सफलतापूर्वक सम्पन्न गरेको छ ।

यस कार्यक्रमले सबै उमेर समूहका सहभागीहरूबीच स्फूर्तिदायी गतिविधिहरू मार्फत महिला स्वास्थ्य र सशक्तिकरणको लागि आफ्नो आवाज उठाएको थियो। कार्यक्रम जुम्बा सत्रसंग सुरु भइ, वाक र रनमा अघि बढेको थियो  । ३ किमी, ५ किमी, र १० किमीको दूरीमा राखिएको यात्राले विभिन्न फिटनेस स्तरका सहभागीहरूलाई समावेश गर्दै र उत्साह सुनिश्चित गरेको थियो।

प्रसिद्ध भारतीय अभिनेता र मोडल जय भानुशालीले काठमाडौं पिंक केयर एथनको २०२४ संस्करणको सञ्चालन गरेका थिए, जसले कार्यक्रममा थप उत्साह र रोमाञ्चकता थपेको थियो। 
प्रत्येक सहभागीले टीसर्ट र  फिनिशर पदक प्राप्त गरेका थिए भने प्रत्येक विधामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई उचित पुरस्कार पनि दिइएको थियो । दौड समापन गर्ने पहिलो पाँच सहभागीहरुले पुरस्कार प्राप्त गरे । त्यस्तै भाग्यशाली सहभागीहरूले प्रशंसाको रूपमा उपहारहरू प्राप्त गरे।

काठमाडौं पिङ्क केयरएथनले स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा र समग्र जीवनशैलीका लागि काम गर्दै आएको छ ।  

काठमाडौं पिंक केयरएथन स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा, र शारीरिक, मानसिक, बौद्धिक, तथा आध्यात्मिक विकास र सशक्तिकरणको लागि आत्महेरचाह प्रवर्द्धन गर्ने कार्यक्रमहरूको श्रृंखला हो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप