पार्टीभित्र कुनै विवाद छैन, विभाजनको कुरा हल्ला मात्र हो : उपाध्यक्ष भुसाल
काठमाडौँ । एकीकृत समाजवादीका उपाध्यक्ष डा.बेदुराम भुसालले पार्टीभित्र कुनै विवाद नभएको दाबी गरेका छन् । सोमबार संसदीय दलको बैठकबिचमै बाहिरिएका भुसालले सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो दलभित्र कुनै अन्तर्विरोध नभएको दाबी गरेका हुन् ।
बाहिर आएका हल्लामा कुनै सत्यता नभएको उनको भनाइ छ । ‘हाम्रो भित्र कुनै विवाद छैन । अनावश्यक हल्ला हो । बाहिर अनावश्यक हल्ला चलाएका छन् । कसले चलाएको हो थाहा छैन ?’, उनले भने । उनले बैठकमा जसपाको विभाजन सम्बन्धमा कुनै समीक्षा भएको भन्दै उनले आगामी अधिवेशनमा कसरी जाने विषयमा छलफल भएको बताए ।
यद्यपि जसपा विभाजनले कुन रूप लिन्छ भन्नेमा सामान्य छलफल भएको उनले स्वीकारे । ‘भर्खर निवेदन दर्ता मात्र भएको छ । कुन ऐन अन्तर्गत जाने हो कुनै टुङ्गो छैन ? नियमावली हुन्छ कि हुँदैन, निर्वाचन आयोगले बोलेको छैन । अदालतमा प्रवेश गर्ला’, जसपाको अवस्थाबारे भुसालले भने ।
तथापि जसपा विभाजनको मुख्य कारण अन्तर्विरोध भएको हुनसक्ने अनुमान गरे । पहिले देखि नै देखिएको अन्तर्विरोध अहिले प्रकट भएको र त्यसमा बाहिरी शक्तिको प्रभाव पनि भएको हुनसक्ने उनले बताए । यस्तै वैकल्पिक समीकरण बनाउने कुरा हल्ला मात्र भन्दै उनले देउवा, माधव र उपेन्द्रबिच छलफल भएको विषयमा तस्बिर सार्वजनिक गर्न चुनौती दिए ।
आइतबार जसपा विभाजन भएपछि त्यसको असर एकीकृत समाजवादीमा पर्न सक्ने अनुमानबिच उनले बैठकबारे जानकारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टुट्न लागेको हो बेन एफ्लेक र जेनिफर लोपेजको जोडी ?
-
नर्स विधि लम्साल ‘मिस नेपाल पिस–२०२४’ घोषित
-
फेरि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
-
बालविकास शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका चापागाईंलाई भेट्न पुगिन् शिक्षामन्त्री
-
ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने
-
रवि लामिछानेलाई संसद्मा बोल्न दिने विपक्षी दलको निर्णय