पार्टीभित्र कुनै विवाद छैन, विभाजनको कुरा हल्ला मात्र हो : उपाध्यक्ष भुसाल
काठमाडौँ । एकीकृत समाजवादीका उपाध्यक्ष डा.बेदुराम भुसालले पार्टीभित्र कुनै विवाद नभएको दाबी गरेका छन् । सोमबार संसदीय दलको बैठकबिचमै बाहिरिएका भुसालले सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो दलभित्र कुनै अन्तर्विरोध नभएको दाबी गरेका हुन् ।
बाहिर आएका हल्लामा कुनै सत्यता नभएको उनको भनाइ छ । ‘हाम्रो भित्र कुनै विवाद छैन । अनावश्यक हल्ला हो । बाहिर अनावश्यक हल्ला चलाएका छन् । कसले चलाएको हो थाहा छैन ?’, उनले भने । उनले बैठकमा जसपाको विभाजन सम्बन्धमा कुनै समीक्षा भएको भन्दै उनले आगामी अधिवेशनमा कसरी जाने विषयमा छलफल भएको बताए ।
यद्यपि जसपा विभाजनले कुन रूप लिन्छ भन्नेमा सामान्य छलफल भएको उनले स्वीकारे । ‘भर्खर निवेदन दर्ता मात्र भएको छ । कुन ऐन अन्तर्गत जाने हो कुनै टुङ्गो छैन ? नियमावली हुन्छ कि हुँदैन, निर्वाचन आयोगले बोलेको छैन । अदालतमा प्रवेश गर्ला’, जसपाको अवस्थाबारे भुसालले भने ।
तथापि जसपा विभाजनको मुख्य कारण अन्तर्विरोध भएको हुनसक्ने अनुमान गरे । पहिले देखि नै देखिएको अन्तर्विरोध अहिले प्रकट भएको र त्यसमा बाहिरी शक्तिको प्रभाव पनि भएको हुनसक्ने उनले बताए । यस्तै वैकल्पिक समीकरण बनाउने कुरा हल्ला मात्र भन्दै उनले देउवा, माधव र उपेन्द्रबिच छलफल भएको विषयमा तस्बिर सार्वजनिक गर्न चुनौती दिए ।
आइतबार जसपा विभाजन भएपछि त्यसको असर एकीकृत समाजवादीमा पर्न सक्ने अनुमानबिच उनले बैठकबारे जानकारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण