ओलीलाई वामदेवले भने– ‘गल्ती महसुस गरेँ, फर्कन हाइलेभलको निर्णय पर्खिरहेको छु’
काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेकपा एमालेमा फर्कनका लागि आफूले पार्टीको निर्णय पर्खिरहेको बताएका छन् । सोमबार आयोजित सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै गौतमले आफूले गल्ती महसुस गरेको र आत्मालोचना गर्दै पार्टीमा फर्कन तयार रहेको बताएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी कार्यक्रममा गौतमले भने, ‘भर्खर पार्टी फुटेको बेला एकपटक उहाँले बोलाउनुभएको थियो । तर म गइनँ । पछि फेरि बोलानुभयो, त्यति बेला भने गएँ र भने – कमरेड, हामी फेरि फर्कन्छौँ । मलाई के जिम्मा दिनुहुन्छ ? अरूलाई के जिम्मा दिनुहुन्छ ? जवाफमा अध्यक्ष ओलीले तपाईंहरुको बारेमा हाइलेभल कमिटीले निर्णय गर्छ भन्नुभयो ।’
गौतमले ७–८ महिना बितिसके पनि आफूले अझै पनि हाइलेभलको निर्णय पर्खिराखेको बताए । ‘मैले गल्ती कमजोरी गरेको छु । मान्छेबाट गल्ती कमजोरी हुन्छ । त्यसबारे आत्मालोचना गर्छु । रियलाइजेसन गर्नुपर्छ, मैले गरेँ,’ उनले भने । पार्टी दुईतिर भएको बेला ‘बिचमा बस्नु हुन्न, तपाईंलाई घाटा लाग्छ’ भनेर अध्यक्ष ओलीले भनेको कुरा पनि उनले स्मरण गरे । उनले भने, ‘आज मलाई घाटा लागेको छ । तपाईंले सुरुमा बोलाउनु हुँदा नै जानुपर्ने थियो ।’
उनले दुईवटा अध्यक्ष दुईतिर भएपछि आफूलाई चित्त दुखेको पनि स्पष्ट पारे । उनले एक पक्षतिर लागेर अर्को पक्षलाई गाली गर्न आफूले नचाहेको पनि जिकिर गरे । ‘म कतैतिर पनि लागिनँ । तर दुवैतिरकाले भने– पार्टी फुटाउने वामदेव हो । मैले त मिलाउने फोरम बनाएको थिएँ । कसैले पनि साथ दिनुभएन, मैले एक्लै के गर्नु र ?,’ गौतमले गुनासो गरे, ‘मैले पार्टी फुटाएको होइनँ । ५४ सालमा पनि निष्कासन गरेपछि मात्र अर्को पार्टी बनाइयो । पछि रियलाइजेसन गरेर आएँ ।’
आफू अझै पनि पार्टीको जिम्मेवार पूरा गर्न सक्षम रहेको पनि गौतमको भनाई थियो । उनले २०८४ सालको निर्वाचन ६० लाख मत प्राप्त गर्ने गरी योजना बनाएर अघि बढ्न अध्यक्ष ओलीलाई सुझाए । यसका लागि कमान्डर बन्न आफू तयार रहेको उनको भनाई थियो ।
‘मैले कमरेड केपीलाई भनेँ, म ७५ वर्षको छु । उहाँले तपाईं ७६ वर्ष पुग्नुभयो भन्नुभयो । मैले ल ठिक छ तपाईंको नजरमा बढी भएर के भयो त ? अझै पनि पार्टीले दिएको जिम्मेवारी सबै पूरा गर्न सक्छु,’ उनले भने, ‘मलाई कमान्डर बनाउँदा पार्टी फेरि फुटाउँछ भन्ने लाग्छ भने मसँगै अर्को मान्छे खटाए पनि भयो त ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण