भारतबाट मात्रै ३६ अर्ब बराबरको खाद्यान्न आयात
काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको नौ महिनामा ३७ अर्ब रुपैयाँ भन्दा बढीको खाद्यान्न आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार नौ महिनाको अवधिमा ३७ अर्ब १ करोड रुपैयाँ बराबरको खाद्यान्न वस्तु आयात भएको हो ।
जसअनुसार लाख ८९ हजार मेट्रिक टन खाद्यान्न आयात भएको विभागको भनाइ छ । यस्तै सरकारले सो खाद्यान्न वस्तु आयात गरे वापत् २ अर्ब ३३ करोडको राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको नौ महिनामा आयात भएको खाद्य वस्तुमध्ये भारतबाट मात्रै ३६ अर्ब ४ करोड रुपैयाँको आयात भएको छ । सो रकम खर्च गरे विपत् सरकारले भारतबाट ७ लाख ८१ हजार मेट्रिक टन खाद्य वस्तु आयात गरेको छ ।
अन्य मुलुकबाट करिब १ अर्ब रुपैयाँ बराबर ८ हजार मेट्रिक टन खाद्य वस्तु ल्याएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
नेपालले बासमती चामल, मकै, गहुँ लगायत विभिन्न खाद्य वस्तु आयात गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण