सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !

बुधबार, १२ वैशाख २०८१, २० : ५०
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मौन अवधिअघि इलाम–२ को उपनिर्वाचनमा पार्टीका तर्फका उम्मेदवार रहेका सुहाङ नेम्वाङको पक्षमा प्रचार गरेका छन् । उनले सुहाङलाई अब संसद् भवनमै भेट्ने सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् । 

‘चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि मैले सभामा भनें पनि –सुहाङ पण्डित जस्तै विद्वान हुनुहुन्छ । यो प्रसंगमा केही हाँसो ठट्टा पनि चल्यो। आज चुनाव प्रचारको अन्तिम दिन, भोलिदेखि मौन अवधि सुरु हुन्छ। सुहाङ, अब संसद् भवनमै भेटौँला !’ ओलीले भनेका छन् । 

ओली उपचुनाव प्रचारप्रसारको क्रममा बुधबार चुलाचुली पुगेका थिए । उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । त्यसअघि ओलीले सुहाङको पक्षमा अन्तिम प्रचार गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप