शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
बिहीबार, १३ वैशाख २०८१, १२ : ५१
काठमाडौँ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आज बिहीबारबाट नाटक ‘ए आई’को मञ्चन सुरु हुँदै छ । २२ गतेसम्म नियमित मञ्चन हुने नाटक पवित्रा खड्काले निर्देशन गरेकी छन् ।
गत वैशाख ३ गते एक सो मात्र मञ्चन भएको नाटक बिहीबारबाट नियमित मञ्चन हुन लागेको हो । नाटकमा कलाकारहरूले संवादविहीन शरीरको भाषा र शारीरिक हाउभाउ मार्फत नै दर्शकलाई कथा बुझाउनेछन् ।
करिब ४५ मिनेट लामो नाटक ‘ए आई’मा सुबेक्षा पनेरु, विशाल पुलामी, विजय ढुङ्गेल, विष्णु श्रेष्ठ, जयप्रकाश ताजपुरिया, निरञ्जन मगर, राजु खतिवडा, रमन श्रेष्ठ, सुमन राई र सुषान्त दाहालको अभिनय रहेको छ ।
संगीता उराँवको भेषभुसा, अनुप तिम्सिना र गोविन्द ओलीको सङ्गीत र प्रेम चन्द पाण्डेको प्रकाश संयोजन रहेको बैशाख २२ गतेसम्म मंगलबारबाहेक हरेक साँझ ५ः३० बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त सो सहित मञ्चन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरजग्गा कारोबार नेपालको अर्थतन्त्रको मेरुदण्ड हो : संयोजक भण्डारी
-
बार्सिलोना हारेपछि रियललाई ला लिगाको उपाधि
-
मौसमविद् भन्छन् : ‘अब पानी पर्छ, पश्चिमबाट प्रणाली नेपाल भित्रिरहेको छ’
-
‘मनसरा’ को सुरुवाती व्यापार राम्रो, तोड्ला त जारीको रेकर्ड ?
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
-
आज ३ वटा संसदीय समितिको बैठक बस्दै