कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल
काठमाडौँ । कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण अत्यन्तै उपलब्धिमूलक र सफल भएको बताएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी राजदूत ढकालले थानीले ३ दिन नेपाल भ्रमण गर्ने अपेक्षा गरिएकोमा व्यस्तताका कारण दुई दिन मात्र गर्न सकिएको बताए ।
विश्वमा विभिन्न खालका घटना भइरहेको अवस्थामा कतारका राजाले छोटो समय नेपालको भ्रमण गरेको उनको भनाइ छ । ‘कतारका राजा थानीलाई काठमाडौँ बाहिर समेत घुमाउने योजना रहेको थियो तर समय अभावका लागि त्यो सम्भव भएन’, राजदूत ढकालको भनाइ छ ।
कतारमा रहेका नेपाली श्रमिकको हक हितका लागि कतार सरकार गम्भीर रहेको भन्दै राजदूत ढकालले श्रम सम्झौतालाई समयानुकूल संशोधन गर्ने विषयमा अझै छलफल आवश्यक रहेकाले थप छलफल मात्रै टुङ्गोमा पुगिने बताए ।
राजदूत ढकालले अन्तर्राष्ट्रिय कानुनका केही प्रक्रिया नटुङ्गिएकाले तत्काल हात्ती उपहार दिन नसकिएको पनि बताए । ‘वन मन्त्रालयले यसमा आवश्यक प्रक्रिया पूरा गरेपछि चाँडै हात्ती पठाइन्छ’, राजदूत ढकालको भनाइ छ ।
मंगलबार नेपाल भ्रमणमा आएका कतारी राजा थानी नेतृत्वको प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्किएको थियो । कतारका राजा थानीको नेपाल भ्रमणका क्रममा विभिन्न ८ वटा समझदारी र सम्झौता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेलका स्टेसन मास्टर निदाएपछि ...
-
प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न
-
गाजामा युद्धविराम गराउन जारी शान्ति वार्ता कहाँ पुग्यो ?
-
अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न किशोरको मृत्यु
-
मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर
-
सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिनेबारे हतार नगर्न ओलीको निर्देशन