काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
शुक्रबार, १४ वैशाख २०८१, १० : ०३
काठमाडौँ । काठमाडौँको ठुलो भर्याङ स्थित रेन्बो इन्टरनेशनल कलेजबाट प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
शुक्रबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका आदेश जंग शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
शान्ति शान्ति शिक्षा मन्दिर मावि ठहिटीमा अध्ययनरत टंक बहादुर घर्तीको नाममा २३ वर्षीय आदेश परीक्षा दिन सो केन्द्र पुगेका हुन् । परीक्षा दिइरहेको अवस्थामा उनलाई पक्राउ गरेर प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण