ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र सी.ए. मन्दिप वशिष्ठलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनीतिक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् ।
यस्तै सी.ए. मन्दिप वशिष्ठले नेपाल बोर्डबाट चार्टर्ड एकाउन्टेन्सी गर्नुका साथै डिप्लोमा इन आईएफआरएस समेत गरेका छन् ।
नव नियुक्त स्वतन्त्र सञ्चालकद्वय गौतम र वशिष्ठलाई क्यापिटलका अध्यक्ष प्रकाश बरालले पद तथा गोपनीयताको शपथ गराइसकेका छन् भने उनीहरूको आगमनले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं सेवा प्रवाह उत्कृष्ट बन्ने कम्पनीले विश्वास लिएको छ ।
ज्योति विकास बैंक लि.को सहायक कम्पनीको रूपमा रहेको क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ ।