जनतालाई ठग्ने प्रणाली लोकतन्त्र हुन सक्दैन: अध्यक्ष साह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा दलतन्त्र हाबी भएको भन्दै बदल्न जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौँमा साह नेतृत्वको आम जनता पार्टी (आजपा) र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जन एकता पार्टीबिच भएको एकता सभालाई सम्बोधन गर्दै साहले दलतन्त्रले जनतालाई ठगिरहेको आरोप लगाएका हुन् ।
उनले नेपालको दलतन्त्रको शासनप्रणाली परिवर्तन गर्न जरुरी रहेको बताए । उनले भने, ‘अहिले जुन दलतन्त्र र यो गलत मानिसहरूले नकाब बनाएर जनतालाई ठगिरहेका छन् । त्यसलाई चिर्न जरुरी छ । त्यसलाई बदल्न जरुरी छ । नेपालको यो शासन प्रणाली, जसलाई हामी दलतन्त्र भन्छौँ, पार्टीको शासन भन्छौँ, यसको विकल्प दिन जरुरी छ । पार्टी, पार्टीको दलीय शासन प्रणाली, पार्टीको सिन्डिकेट र पार्टी भित्र पनि निश्चित गुटको सिन्डिकेट छ । गुटका नेताहरू र उनीहरूका आसेपासेले देशमा मुठीभर मान्छेहरूले राज गर्ने र बाँकी जनता शासित भएर हेर्नुपर्ने स्थिति छ । यसलाई हामी तोड्न चाहन्छौँ । यसको अन्त्य गर्न चाहन्छौँ । यो प्रणाली हामी बदल्न चाहन्छौँ । यही प्रणालीमा तपाईं, हाम्रो पार्टी रह्यो भनेपनि हामी पनि त्यस्तै बन्ने हो । त्यसैले हामी कुनै व्यक्ति, कुनै पार्टी होइन, प्रणाली बदल्न चाहन्छौँ । अहिलेको प्रणाली भनेको लोकतान्त्रिक प्रणाली होइन । जनतालाई दबाउने, जनतालाई ठग्ने, सिस्टम देखिरहेका छौँ ।’
अध्यक्ष साहले बेइमानी राजनीतिलाई इमानदार बनाउने काममा आफू लागेको बताए । उनले मतदातालाई देखाएको सपना निर्वाचित व्यक्तिले पूरा गर्न सक्नुपर्ने बताए । उनले आफ्नो दलले वैशाख २० गतेदेखि भन्सार विभाग घेराउ गर्ने पनि चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण