मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

मङ्गलबार, १८ वैशाख २०८१, १४ : ३१
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले अघिल्लो वर्षको नाफाबाट लाभांश नबाँड्ने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बसेको १३२ औँ बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

तथापि, कम्पनीले आर्थिक वर्ष २०७९/७९ मा १२ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्ष ८ करोड ७४ लाख रुपैयाँ नोक्सान बेहोरेको कम्पनीका लागि यो वर्ष आकर्षक नाफा भएको छ । तर पनि खराब आर्थिक स्थितिलाई देखाउँदै कम्पनीले यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

आर्थिक वर्षमा कम्पनीले खुद बीमा लेख मार्फत १७ खर्ब ३९ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ भने सोही अवधिमा यता ४० करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

२०८० असार मसान्तसम्म कुल चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ पुगेकोमा कम्पनीको जीवन बीमा कोष १ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप