मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

राजेशपायलले भने– मलाई गाली गर्नुस्, तपाईँको चुलो चाँहि बल्नुपर्‍यो

मङ्गलबार, १८ वैशाख २०८१, २१ : ३७
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । गायक राजेशपायल राईले आफूलाई गाली गर्दा कसैको चुलो बल्छ भने त्यो सहन तयार रहेको बताएका छन् । आफू प्रसंसा भन्दा पनि सुझावको भोके रहेको उनको भनाई थियो ।

‘तपाईँहरूको तालीले म हौसला प्राप्त गरेर अझै अगाडि राम्रो काम गर्न सफल हुन्छु’, राईले भने, ‘मैले केही बिगारेको छु । तपाइको गाली छ भने त्यो गल्ती सच्याएर आम माफी माग्दै अगाडि बढ्छु ।’ आफू सुझावको भोको रहेको उनले सुनाए ।

मंगलबार काठमाडौँको एक स्टुडियोमा गीत रेकडिङको क्रममा रातोपाटीसँग ठोकिएका राईले एक समय आफूलाई युके, अमेरिका र क्यानडाले भिसा नदिएको किस्सा सुनाउँदै अहिले आफ्नो कारणले यी देशमा कलाकारलाई भिसाका लागि सजिलो भएको बताए ।

‘धेरै कलाकार अमेरिका बाहेकको सपना देख्दैनन् । मेरो भने अमेरिका डेस्टिनेशन मात्र हो’, राईले अगाडि थपे, ‘म २६ पटक हङकङ, १५ पटक साउथ कोरिया, ११ पटक अमेरिका पुगिसके ।’ गीतसंगीत र आफ्ना लागि नेपाल बाहेकको उपयुक्त देश अर्को नरहेको उनको  धारणा थियो ।  उनी भन्छन्, ‘म थुप्रै देश पुगिसके । तर कहिल्यै विदेश बसौँ भन्ने लागेन ।’

राई पछिल्लो समय वर्ल्ड टुरमा पनि छन् । सोही सिलसिलामा भर्खर कतार, साउथ कोरिया, मकाउ र इराक कार्यक्रम गरेर फर्किएका राई अव ओमन, साइप्रस, दुबई लगायत देशको यात्रामा निस्कने तयारीमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप