बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

इन्डोनेसिया पुलिसको इन्टरनेशनल रिलेसन्स विभाग प्रमुख नेपालमा

बुधबार, १९ वैशाख २०८१, १२ : ०९
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । इन्डोनेसिया प्रहरीको हेड अफ इन्टरनेशलनल रिलेसन्स डिभिजन प्रमुख नेपाल आएका छन् । डिभिजन प्रमुख कृष्णमूर्ति ५ दिने भ्रमणमा नेपाल आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

मंगलबार ६ सदस्यीय टोलीको नेतृत्व गरेर आएका कृष्णमूर्तिलाई नेपाल प्रहरीका डीआईजी जनक भट्टराईले स्वागत गरेका छन् । 

आइजीपी मूर्ति प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र नेपाल प्रहरी विशेष कार्यदल कपनमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । 

उनले सशस्त्र प्रहरी बलको तालिम केन्द्रहरूको पनि अवलोकन गर्नेछन् । उनको भ्रमण संयुक्त राष्ट्रसंघको शान्ति मिसनसँग केन्द्रित हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप