बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अन्डाको पहेँलो भाग खाने कि नखाने ?

बुधबार, १९ वैशाख २०८१, १७ : २९
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । अन्डा पोषक तत्त्वको पावर हाउस हो । यसमा कयौँ प्रकारको भिटामिन, मिनरल्स हुन्छ । यसको सेवनबाट उच्च मात्रामा एन्टिअक्सिडेन्ट पनि पाइन्छ ।

 अन्डामा भिटामिन बी२ (राइबोफलेभिन), भिटामिन बी१२, भिटामिन डी, सेलेनियम र आयोडिन पाइन्छ । यसमा भिटामिन ए र फोलेट, बायोटिन, पेन्टोथेनिक एसिट पनि भरपुर मात्रामा पाइने भएकोले यो उच्च पौष्टिक र स्वास्थ्यवर्द्धक खाद्य वस्तुमा पर्दछ । तर कयौँ मानिसहरू अन्डाको सेता हिस्सा मात्रै खानु पर्छ पहेँलो भाग खानु हुँदैन भन्छन् ।

दिनहुँ अन्डाको सेवन गर्दा हाम्रो शरीरले १३ प्रकारको पोषक तत्त्व पाउँछ भनेर विज्ञानले भन्छ । तर केही व्यक्तिले चाहिँ अन्डाको पहेँलो भागमा अनहेल्दी कोलस्ट्रोल धेरै हुने र यसले क्षति पुर्‍याउँछ भनेर भन्छन् । तर अन्डाको पहेँलो भागमा कयौँ खाले भिटामिन र मिनरल्स पाइन्छ । 

पहेँलो भाग फ्याकेर सेतो भाग मात्रै खाँदा ती भिटामिन र मिनरल्स शरीरले पाउँदैन । अन्डाको सेतो हिस्सा मात्रा खाँदा आधाभन्दा कम पोषक तत्त्व पाइन्छ । अन्डाको सेतो हिस्सामा प्रोटिन मात्रै हुन्छ । तर पहेँलो हिस्सामा झन् धेरै पोषक तत्त्व हुन्छन् ।

सेतो हिस्सामा भिटामिन के, भिटामिन ए, भिटामिन डी हुन्छ । यसमा भिटामिन बी कम्प्लेक्स पनि हुन्छ । आइरन, फोस्फरस, जिंक, क्याल्शियम हुन्छ । अन्डाको पहेँलो हिस्सामा पनि आइरन, फोस्फरस, जिंक, क्याल्शियम हुन्छ । 

तर सेतो हिस्साको तुलनामा पहेँलो हिस्सामा पोषक तत्त्व धेरै हुन्छ । पहेँलो हिस्सामा हुने कोलेस्ट्रल, सोडियम र फ्याटबाट  समस्या हुन सक्छ भन्ने कुरा भ्रामक भएको डाक्टरहरू बताउँछन् । दिनहुँ व्यायाम गर्ने, र सन्तुलित भोजन गर्नेहरूलाई फ्याट र कोलेस्ट्रलको चिन्ता गर्नु पर्दैन ।

कोलस्ट्रोलले टेस्टोस्टेरोनलाई बढाउने भएकोले तौल घटाउन र मशल्स बनाउन पनि यो चाहिन्छ । यसबाट मशल्स बन्छ अनि हाड पनि बलियो रहन्छ । अन्डाको पहेँलो हिस्साबाट शरीरले निकै धेरै भिटामिन र मिनरल्स पाउँछ । यसमा फ्याट पनि धेरै हुन्छ । यसले पेट भरिएको महसुस गराउँछ र के खाऊँ के खाऊँ हुन्न ।

सेतो अन्डाको तुलनामा सिङ्गै अन्डामा क्यालोरी धेरै हुन्छ । तपाई ४ ओटा अन्डाको सेतो हिस्सा मात्रै खानु हुन्छ भने २ ओटा सिङ्गै अन्डा खानु राम्रो हो । ४ वटा अन्डाको सेतो हिस्साको तुलनामा २ ओटा सिङ्गै अन्डामा पोषक तत्त्व धेरै पाइन्छ । तर अन्डा धेरै खानु हुन्न । यसलाई सीमित मात्रामा मात्रै खानु पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप