काठमाडौँ । नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा यही वैशाख २९ गते सुरु हुँदैछ । यतिबेला मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका लागि निर्माण काम धमाधम भइरहेको छ ।
_FTs8kuosqD.jpg)
रथ निर्माणमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी छन् । रातो मच्छिन्द्रनाथ काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् ।
_3gSR6YHjs5.jpg)
अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ ।
_nZ0R45tqbe.jpg)
_7vnEY2YYEy.jpg)
_gwy34CUtEu.jpg)
_2sMjZAOSsP.jpg)
_UFazmZL607.jpg)
_qvLsma0jRC.jpg)
_VjK4Jd3IT4.jpg)
_FaWAd3aE5w.jpg)
_VxUJgo5BRd.jpg)
_8xh9PcYzMg.jpg)
_EJsMSEnAOU.jpg)
_tKsc9GwWXs.jpg)
_pSErv2syab.jpg)
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया