शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
रातो मच्छिन्द्रनाथको रथ धमाधम निर्माण हुँदै, तस्बिरहरू
फोटोफिचर

रातो मच्छिन्द्रनाथको रथ धमाधम निर्माण हुँदै, तस्बिरहरू

मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा यही वैशाख २९ गते सुरु हुँदैछ । यतिबेला मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका लागि निर्माण काम धमाधम भइरहेको छ । 

rato machhindranath (7)

रथ निर्माणमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी छन् । रातो मच्छिन्द्रनाथ काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् ।

rato machhindranath (1)

अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ ।

rato machhindranath (2)rato machhindranath (3)rato machhindranath (4)rato machhindranath (5)rato machhindranath (6)rato machhindranath (8)rato machhindranath (9)rato machhindranath (10)rato machhindranath (11)rato machhindranath (12)rato machhindranath (13)rato machhindranath (14)rato machhindranath (15)

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया