शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
सेयर बजार

साताको सेयर बजार- परिसूचकसँगै बढ्यो कारोबार रकम

शनिबार, २२ वैशाख २०८१, १२ : ४८
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिनको तुलनामा यो साता ३३ अंकले परिसूचक बढेर बन्द भएको हो । यो १.६८ प्रतिशतको वृद्धि हो । यो साता ४ दिन नेप्सेको कारोबार भएको थियो ।

यसमध्ये आइतबार, सोमबार र मंगलबार परिसूचक बढ्यो । बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसका कारण सार्वजनिक विदा थियो । यस्तै बिहीबार भने परिसूचक घट्यो । आइतबार १४ अंक, सोमबार ०.०७ अंक र मंगलबार २५.९३ अंकले परिसूचक बढेको थियो । बिहीबार भने ७.३१ अंकले घट्यो ।

यससँगै आइतबार १९६५ अंकबाट सुरु भएको नेप्से परिसूचक अन्तिम कारोबार दिनसम्ममा १९९८ अंकमा आएर रोकियो । यसक्रममा सेन्सेटिभ इन्डेक्स २ प्रतिशत, फ्लोट इन्डेक्स १.९६ प्रतिशतले बढ्यो ।

परिसूचक बढेसँगै यो साता नेप्सेको कारोबार रकम पनि बढेको छ । साताको चार दिन १४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको छ । गत साताको ४ दिनमा ९ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको थियो ।

कारोबार रकमसँगै परिसूचकमा समेत सुधार आउँदा यो साता नेप्सेको पुँजीकरण समेत बढेको छ । यो साता परिसूचक १ प्रतिशतले बढ्दा समग्रमा ५२ अर्ब रुपैयाँले बढ्यो । यससँगै नेप्सेको बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।

लामो समयदेखि घट्दै आएको नेप्से परिसूचकमा यो साता भने सुधारको संकेत देखिएको छ । ब्रोकर कमिसन घटाउनेबारे अर्थ मन्त्रालय सहमत भएपनि यसबारे निर्णय भइसकेको छैन । ब्रोकर फि घटाउने निर्णय लगानीकर्तासमक्ष आएपछि बजारमा सुधार देखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप