आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दक्षिणी गाजाको रफाह सहरबाट मानिसहरूलाई बाहिर निकाल्न सुरु

सोमबार, २४ वैशाख २०८१, १३ : ३९
सोमबार, २४ वैशाख २०८१

रफाह । दक्षिणी गाजाको रफाह सहरबाट इजरायली सेनाले मानिसहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको छ । रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिइरहेका छन् । 

इजरायली सीमा नजिक पूर्वी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई खान युनिस र अल–मवासी जान भनिएको छ । त्यहाँ टेन्ट, खाना, पानी र औषधिको सुविधा उपलब्ध गराइने दाबी इजरायली सेनाले गरेको छ । 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई पराजित गर्न रफाहमा आक्रमण जरुरी रहेको बताइरहेका छन् । कयौं मानवअधिकार संगठनहरूले इजरायललाई रफाह आक्रमण नगर्न अपील गरिरहेका छन् ।

 इजरायलले रफाहमा आक्रमण गरे हजारौं प्यालेस्टाइनीको ज्यान जान सक्ने मानवअधिकार संगठनहरूले बताइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप