आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जेट एयरवेजका संस्थापक नरेश गोयलले पाए २ महिनाको अन्तरिम जमानत

सोमबार, २४ वैशाख २०८१, १६ : ४३
सोमबार, २४ वैशाख २०८१

नयाँ दिल्ली । भारतीय हवाई सेवा प्रदायक कम्पनी जेट एयरवेजका संस्थापक नरेश गोयलले २ महिनाको अन्तरिम जमानत पाएका छन् । 

बम्बई उच्च अदालतले सोमबार गोयललाई मेडिकल आधारमा दुई महिनाको अन्तरिम जमानत दिएको हो । 

उनलाई सेप्टेम्बर २०२३ मा प्रवर्तन निर्देशनालयले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गरेको थियो । नरेश गोयलमाथि क्यानरा बैंकको ५ अर्ब ३८ करोड भारु घोटाला गरेको आरोप छ ।

गोयलले सन् २००५ देखि क्यानरा बैंकसँग ऋण लिँदै आएका थिए । सबै कर्जा बैंकका कन्सोटिएयममार्फत दिइएको थियो । 

जेट एयरवेजले ल्यान्डिङ, नेभिगेसन, एयरपोर्ट सुविधा, सुरक्षा निक्षेपलगायत खर्च धान्न बैंकबाट ऋण लिएको थियो । नयाँ रुटमा विमान सञ्चालन र प्रवर्द्धनका लागि भनेर  पनि ऋण लिइएको थियो । तर एयरलाइन्सले ऋणको पैसा यसमा खर्च नगरेको सीबीआईको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप