सरकारमा पार्टीको निरन्तरता हुने एकीकृत समाजवादीको निष्कर्ष
काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारका पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मंगलबार बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरूलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
त्यसैगरी बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसदमा प्रभावकारी भूमिका खेल्न पनि पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ । पार्टी महाधिवेशनको कामलाई छिटो सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरूलाई बैठकले सचेत गराएको पनि प्रवक्ता खतिवडाले बताए ।
बैठकमा नेताहरूले पार्टी भित्रको एकतालाई अझ बलियो बनाउनुपर्नेमा पनि जोड दिएका थिए । पार्टी भित्र कुनै समस्या नभएको निष्कर्ष पनि बैठकले निकालेको एकीकृत समाजवादीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिनेमा प्रतिबद्ध छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ
-
धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
-
धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ : महासचिव पोखरेल
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, विदेशमन्त्री पनि सवार
-
प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउनुहुन्छ : सांसद सापकोटा
-
जनसङ्ख्या असन्तुलन मिलाउन सरकारसँग सांसद श्रेष्ठको माग