सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रोमाञ्चक पुनरागमन गर्दै रियल फाइनलमा

बिहीबार, २७ वैशाख २०८१, ०६ : १५
बिहीबार, २७ वैशाख २०८१

मड्रिड । एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियलले बायर्न म्युनिखलाई २–१ गोल र समग्रमा ४–३ गोलले पराजित गर्न सफल भएको हो ।

खेलको ६८ औँ मिनेटमा ह्यारी केनको पासमा अल्फोन्सो डेभिसले गोल गरेपछि जर्मन क्लब फाइनलतर्फ अग्रसर बनेको थियो । तर, ८१ औँ मिनेटमा सब्सटिच्युटका रूपमा मैदान प्रवेश गरेका जोसेलु नायक बनेपछि बायर्नको सपना चकनाचुर बन्यो ।

८८ औँ मिनेटमा बायर्नका गोलकिपर म्यानुअल नुयरको गल्तीको फाइदा उठाउँदै जोसेलुले खेल बराबरी गरे । दुई मिनेटपछि उनले एन्टोनियो रुडिगरको पासमा गोल गर्दै रियलको पुनरागमन पूरा गरे ।

खेल विवादरहित भने बन्न सकेन । इन्जुरी समयको १३ औँ मिनेटमा बायर्नका म्याथिस डी लिटले बराबरी गोल फर्काएका थिए । तर, रेफ्रीले त्यसअघि नै अफसाइड करार गरे । टेलिभिजन रिप्लेमा रेफ्रीको उक्त निर्णय गलत देखिएको थियो ।

१४ पटकको युरोपियन च्याम्पियन रियलले अब १ जुनमा हुने फाइनल खेलमा अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप