सुनको मूल्य तोलामा ९ सयले वृद्धि
सोमबार, ०७ जेठ २०८१, १२ : २४
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु नौ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार रु एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार आठ सय निर्धारण गरिएको छ ।
यस्तै, तेजाबी सुन आइतबार रु एक लाख ४० हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार एक सय निर्धारण गरिएको महांघले जनाएको छ ।
चाँदीको मूल्य पनि आज तोलामा रु ३० ले वृद्धि भएको छ । आइतबार रु एक हजार नौ सय १० मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० निर्धारण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण