सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

ठमेलबाट ४६ लाख नगदसहित एक जना चिनियाँ र नेपाली नागरिक पक्राउ

बिहीबार, २७ वैशाख २०८१, ११ : ३४
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । काठमाडौँको ठमेलबाट प्रहरीले एक जना चिनियाँ नागरिक र एक जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय चिनियाँ नागरिक याओ लिआङलिन र महोत्तरी घर भएका ३७ वर्षीय दीपेन्द्र श्रेष्ठ छन् ।

क्षेत्रपाटीस्थित जियाङ्ग सु होटलबाट पक्राउ गरिएको चिनियाँको साथबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ३७ लाख नेपाली रुपैयाँ, अमेरिकन डलर, थाइ भाट, भारतीय रुपैयाँ र चिनियाँ युआन बरामद गरेको छ ।

ठमेलस्थित होटल छेङ्दुबाट पक्राउ परेका दीपेन्द्र श्रेष्ठको साथबाट ९ लाख रुपैयाँ बरामद गरिएको सीआईबीका सूचना अधिकारी एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । राजस्व छलेको आशङ्कामा प्रहरीले उनीहरूलाई कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप