संसद् बैठक
कांग्रेसद्वारा मतदान बहिष्कार
सोमबार, ०७ जेठ २०८१, १३ : १३
_BI8IAnEU32.jpg)
काठमाडौँ । नेपाली कांग्रेससहितका प्रतिपक्षी दलले मतदान बहिष्कार गरेको छ। प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा कांग्रेससहितका प्रतिपक्षी दलले मतदान बहिष्कार गरेको हो।
कांग्रेससहित राप्रपा, जसपा नेपाल, लोसपा नेपाल र राष्ट्रिय जनमोर्चा मत विभाजन प्रक्रियामा सहभागी भएन । प्रधानमन्त्रीले विश्वासको मत लिने पूरै प्रक्रियाभर कांग्रेससहितका विपक्षी दल नाराबाजीमा रहे भने सभामुखले मत विभाजन गर्दा विपक्षीले भोट हालेनन् ।
सत्ता पक्षका सांसदले भोट हाल्दा प्रधानन्त्रीको पक्षमा १५७ मत पर्यो । यो मत बहुमत भएसँगै उनले विश्वासको मत पाएको घोषाणा सभामुखले गरे ।
विश्वासको मतबारे मतदान हुँदा विपक्षमा कुनै मत परेन भने एक सांसद तटस्थ रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने