सभामुख रबर स्ट्याम्प बने : कांग्रेस महामन्त्री शर्मा
सोमबार, ०७ जेठ २०८१, १५ : ३७
काठमाडौँ । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे रबर स्ट्याम्प बनेको आरोप लगाएको छ । कांग्रेसको अवरोधबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि प्रतिनिधिसभा बैठक कक्षबाटै सामाजिक सञ्जालमा लेख्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सो आरोप लगाएका हुन् ।
प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधकाबिच सभामुखले प्रक्रिया अगाडि बढाएका थिए । कांग्रेस सांसदहरू बेल घेराउ गरेर नाराबाजी गरिरहँदा शर्माले सामाजिक सञ्जालमा लेखेका छन्– ‘संसद्मा आज सभामुख देखिनँ ।
‘देखिरहेको छु (रबर स्ट्याम्प) बनाएर कसैले मर्यादाको चीरहरण गरेको अँध्यारो चित्र मात्र’ उनले भनेका छन् । घिमिरे एमालेबाट सभामुख बनेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण