सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुरमा बसबाट खसेर बालिकाको मृत्यु

बिहीबार, २७ वैशाख २०८१, १५ : २९
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । ललितपुरमा बसबाट खसेर बिहीबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाङ्काल गाउँपालिका ६ ठुलादुर्लुङ बस्ने ४ वर्षीया आर्या सन्जेल रहेको प्रहरीले जनाएको छ । 

ललितपुरको गोदावरी नगरपालिका १० टाखेलमा बा४ख ७०४ नम्बरको सार्वजनिक बस राक्ने क्रममा भुईँमा खसेर घाइते भएकी उनको बि एण्ड बि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । 

बस र बस चालकलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप