अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित दल जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सरकारका स्वास्थ्य मन्त्री समेत रहेका सांसद प्रदीप यादवले रातोपाटीलाई जानकारी दिए ।
‘दलको बैठकले दुईवटा प्रस्ताव पारित गरेको छ । एउटा प्रधानमन्त्रीलाई विश्वासको मत दिने र अर्को ह्विप जारी गर्ने’, उनले भने, ‘अदालतमा मुद्दा विचाराधीन रहेपनि दलको निर्णयलाई असर गर्दै ।’
सङ्घीय परिषद्का अध्यक्ष समेत रहेका अशोक राई समूहका सात सांसदले जसपा नेपाल विभाजन जसपा नामको दल निर्वाचन अयोगमा दर्ता गराएको थियो । आयोगले उक्त दललाई मान्यता दिएपछि अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतको वैधानिकतामाथि प्रश्न उठाउँदै यादवले आइतबार सर्वोच्चमा अर्को मुद्दा दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण