संसद् बैठक
प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी
सोमबार, ०७ जेठ २०८१, ११ : ३८
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । आजको बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसदहरू आसनबाट उठेर अवरोध गरेका हुन् ।
सभामुखले कांग्रेस सांसदहरूलाई बस्न गरेको आग्रह नसुनेर उनीहरू बेल घेर्न पुगेर नाराबाजी गरे । कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेपछि सभामुख घिमिरेले आज प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले विषयसूची अनुसार छलफल र मतदानमा लैजाने वातावरण मनाउन अनुरोध गरे पनि उनीहरुले आसन ग्रहण गरेनन् ।
उनीहरुले संसदीय छानबिन समिति गठन गर, संसदीय मर्यादा कायम गर लगायतका नारा लगाउने काम जारी राखेछि सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण