मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित
बिहीबार, २७ वैशाख २०८१, १७ : १७
काठमाडौँ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । यादव अमेरिका भ्रमणबाट फर्किएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा उनको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यादव विदेश हुँदैमा उनी नेतृत्वको जसपा नेपाल विभाजित भएको थियो । आइतबार अशोक राईको नेतृत्वमा जसपा विभाजित बनेपछि निर्वाचन आयोगले सोमबार आधिकारिकता दिएको थियो । यादव विदेशमै रहेको बेलामा राईको नेतृत्वमा जसपा नेपाल विभाजित हुँदा यसमा सत्तारुढ एमाले र माओवादी केन्द्रको हात रहेको आरोप लाग्दै आएको छ ।
यस्तैमा यादव आजको मन्त्रिपरिषद् बैठकमा समेत अनुपस्थित बनेका हुन् । यादव बैठक छाडेर पार्टी कार्यालयमै नेता तथा कार्यकर्तासँग भेटघाटमा रहेको एक नेताले बताए । यादवबिनैको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण