सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय महिला मादल प्रतियोगितामा सल्यानकी सुशीला प्रथम

शुक्रबार, २८ वैशाख २०८१, ०८ : ४४
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । ‘राष्ट्रिय महिला मादल प्रतियोगिता –२०८१’मा को विजेता सल्यानकी सुशीला बुढा मगर भएकी छन् । बिहीबार राष्ट्रिय नाचघर, जमलमा आयोजित प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा २६ प्रतियोगीलाई पछि पार्दै उनी प्रथम घोषित भएकी हुन् ।

प्रतियोगितामा काभ्रेपलान्चोककी सुकिमाया मोक्तान दोस्रो र दाङकी रीता बुढाथोकी तेस्रो भए । तीने विजेताले क्रममा पुरस्कार ५५ हजार, ३५ हजार, २५ हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र समेत हात पारे । 

नेपालमै पहिलो पटक आयोजना भएको प्रतियोगिता बिहीबार राष्ट्रिय नाचघर, जमलमा आयोजित भएको थियो । जसमा २७ प्रतियोगीले मादलका विभिन्न ताल बजाएर प्रतिस्पर्धा गरेका थिए । सुर्खेतकी िबिमला गिरीले प्राप्त गरिन् ।

१९ देखि ७१ वर्षसम्मका महिला मादल वादकको सहभागिता रहेको प्रतियोगितामा ७१ वर्षकी कोकिल कुमारी कुँबरलाई ‘विशेष प्रतिभा सम्मान’, देव कुमारी देवकोटालाई ‘पब्लिक च्वाइस सम्मान’ र जसिम्न कपालीलाई ‘युवा प्रतिभा सम्मान’ प्रदान गरिएको छ ।

वरिष्ठ मादल बादक खड्ग बुढा मगर निर्णायक संयोजक रहेको प्रतियोगितामा वरिष्ठ कलाकार प्रेमदेव गिरी, वरिष्ठ तालबाधक नुच्छेँ बहादुर डङ्गोल, सरिता मिश्र निर्णायक रहेका छन् ।

देशको ७ प्रदेशका ७० प्रतियोगी सहभागी प्रतियोगिताको दोस्रो चरणका ३७ सहभागी छानिएका थिए । ति ३७ सहभागीबाट अन्तिम स्पर्धाका लागि २७ प्रतियोगीले छानिएका थिए । जसमा अलिशा डङ्गोल (ललितपुर), इन्द्रा विक (सल्यान), कमला घर्तीमगर (रोल्पा), कोली कुमारी कुँबर (गुल्मी), गीता बुढामगर (रुकुम), जश्मिन कमाली (काठमाडौँ), देव कुमारी देवकोटा (रुकुम), दिलु बिसी (दाङ), धनमाया पुन मगर (रुकुम), बुद्धिसरा सुनार (सुर्खेत), बिना दुलाल (निजगढ), बिमला गिरी (सुर्खेत), बिमला खड्का (रोल्पा), मञ्नु चौधरी (राप्ती), यसोदा शर्मा (सल्यान), रीता बुढाथोकी (दाङ), लक्ष्मी नेपाली (श्याङ्जा), लक्ष्मी राना (धनगढी), सुकिमाया मोक्तान (काभ्रे), सिताकुमार दुङ्च्याङ (बारा), ललिता पुन (रुकुम पश्चिम), सुसिला पुन मगर सल्यान, हरिकाल लम्साल (गुल्मी), हिरारोक्का मगर (वीरेन्द्र नगर)लगायत रहेका थिए ।

कर्णाली कलाकार प्रतिष्ठान नेपालले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपालमै पहिलोपटक आयोजना गरेको प्रतियोगिताको उद्देश्य नेपाली महिलाहरूको अन्तर्निहित प्रतिभाको उजागर गर्नुका साथै मौलिक बाजा मादलको संरक्षण र विकास गर्ने रहेको थियो । ‘नारीको कला, नारीको सान’ भन्ने मूल नारा प्रतियोगिताले बनाएको थियो ।

महिला मादल वादकलाई प्रमोट गर्छ : टिमा पुन, अध्यक्ष–कर्णाली कलाकार प्रतिष्ठान नेपाल

नेपाल सरकारले नारी र पुरुषलाई समान अधिकार दिएको छ । राज्यले दुबैलाई समान अधिकार दिइरहँदा हरेक विद्या र पेसामा पनि प्रतिभा समान हुनुपर्‍यो । विशेष गरेर पुरुषहरूमा अन्तर्निहित प्रतिभाहरू प्रस्फुटन भएको देख्न सकिन्छ । उहाँहरूले रोजगारी समेत पाइरहनु भएको छ । विभिन्न व्यवसायमा पनि स्थापित छन् । 

महिलाहरूमा प्रतिभा भए पनि धेरै बाहिर आएको देखिँदैन । त्यो नदेखिएको प्रतिभा मध्य मादल बजाउने कला पनि एक हो । त्यो किन बाहिर नल्याउने त भनेर हामीले कार्यक्रम मार्फत एउटा माध्यम बनाउन खोजेका हौ । दिदी बहिनीमा पनि मादल बजाउने क्षमता छ भनेर देखाउने र उनीहरूलाई पनि यो प्रतिभाको सदुपयोग गर्दै समाजमा अगाडि बढ्नुपर्छ भनेर हौसला प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताले अहिलेका पुस्तामा मादलका विषयमा धेरै जानकारी दिँदै हराइरहेको मौलिकता तर्फ चासो जगाउँछ भन्ने विश्वास पनि हो । मादलको विकास र संरक्षणको उद्देश्यले पनि प्रतियोगिताको सुरुवात गरेका हौ ।

यसबर्ष सुरु भएको प्रतियोगिताले अर्को वर्ष निरन्तरता पाउँदैन कि भनेर धेरैको चिन्ता र चासो अहिले मैले पाइरहेकी छु । हामीले प्रतियोगिता एक वर्ष आयोजना गर्ने, त्यसपछि हराउने उद्देश्यले सुरु गरेका होइनौ । यो कार्यक्रमले अर्को पनि निरन्तरता पाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप