सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनीको बेथरी पुल एक दशकदेखि अलपत्र, ठेकेदार परिवर्तन गरे पनि काम उस्तै

शुक्रबार, २८ वैशाख २०८१, ११ : २३
शुक्रबार, २८ वैशाख २०८१

बुटवल । भैरहवा–लुम्बिनी सडक खण्ड अन्तर्गत वनगाईस्थित बेथरी पुल निर्माणको ठेक्का लगाएको एक दशक भए पनि अझैसम्म निर्माण सम्पन्न भएको छैन । २०७१ सालमा बेथरी पुल नामकरण गरी तिनाउ र डण्डा खोलाका दुई पुल निर्माण गर्न ठेक्का लगाइएको थियो । एक दशक बितिसक्दा पनि पुल निर्माणको काम पूरा नहुँदा भैरहवाबाट लुम्बिनी जाने र आउने यात्रीले सास्ती बेहोर्नुपरेको छ ।

bethari-pul (2)

तिनाउबाट डण्डासम्म ६ किलोमिटर दुरीमा पर्ने ती दुवै पुल साँघुरो भएपछि एकतर्फी सवारी चलाउनु परेको छ । सुरुमा काम गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीले काम नगरेपछि २०७८ साल मंसिरमा नयाँ ठेक्का लगाउनुपरेको थियो । तर ठेकेदार कम्पनी परिवर्तन गरे पनि काम उस्तै सुस्त हुँदा यात्रुहरूलाई सास्ती भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए ।

bethari-pul (3)

पप्पु बागमती जेभी कन्स्ट्रक्सनले बेथरीका दुई पुल निर्माणका लागि २०७१ असार २५ गते सम्झौता गरेको थियो । तर समयमै निर्माण सम्पन्न गर्न नगरेपछि रमण रियल होम ईन्फोटेक जेभी ललितपुरलाई जिम्मा दिएको हो । रमण रियल होम ईन्फोटेक जेभीसँग १० करोड रुपैयाँमा २०८० मंसिरमा निर्माण सक्ने गरी सम्झौता गरेको हो ।

bethari-pul (4)

ठेकेदारले विभिन्न समस्या देखाउँदै म्याद थप्न आग्रह गरेपछि २०८१ माघसम्म म्याद थपिएको उक्त पुल हेर्ने जिम्मा पाएको कपिलवस्तु हुलाकी सडक परियोजना सूचना अधिकारी इन्जिनियर पवित्रमणि आर्चायले रातोपाटीलाई बताए ।

दुईवटा पुलमध्ये तिनाउ पुलको धेरै काम सकिएको उनले बताए । उनले डण्डा खोलाको पुलमा पनि अब पिलर राख्ने काम हुने बताए । उनले भने, ‘पछिल्लो समय राम्रो काम भएको छ । ठेकेदारले मंसिरसम्म काम सक्ने विश्वास दिलाएका छन् ।’

bethari-pul (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप