बलिउड गायक राधव नेपाल आउने

काठमाडौँ । बलिउड गायक राधव माथुर नेपाल आउने भएका छन् । आगामी शुक्रबार अर्थात १७ मेमा होटल सोल्टी क्राउन प्लाजमा आयोजना हुने ‘लाइभ राधव’ कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् ।
क्यानाडाली गायक राधवका हिन्दी तथा अंग्रेजी थुप्रै गीत हिट छन् । उनलाई निज्जा इन्टरटेनमेन्टले उनलाई नेपाल ल्याउन लागेको हो । नेपाली दर्शक श्रोतालाई विश्व चर्चित गायकबाट नेपाली दर्शकलाई सांगीतिक मनोरञ्जन दिलाउने उदेश्यले राधवलाई नेपालमा लाइभ प्रस्तुति ल्याउन लागेको आयोजक संस्था निज्जा इन्टरटेनमेन्टका नाजिर हुँसेनले बताए । उनले सांगीतिक कार्यक्रमले नेपालको प्रर्यटन प्रवर्धनमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
राधवले कार्यक्रमा आफ्ना चर्चित हिन्दी तथा अंग्रेजी गीत सुनाउँछन् । उनका तेरी बातोमा ऐशा उल्झा जिया, डेस पार्डाे, एन्जल आईज्, लेट्स वर्क इट आउट लगायत थुप्रै बाहिर आएका छन् । कार्यक्रमको टिकट पार्टनर इसेवा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएलको पदाधिकारी बढाएकोमा कर्णालीका ६ जिल्ला इन्चार्जको असहमति
-
राजावादी समूहमा विवाद चुलियो, आन्दोलन छिन्नभिन्न
-
संसद्को गतिरोध अन्त्यका लागि रास्वपाको पाँच बुँदे प्रस्ताव
-
अमेरिकाबाट डिपोर्ट भएका ३७ जना : एक जनाबाहेक अरुसँग पासपोर्ट भेटिएन
-
राष्ट्र बैङ्कले माग्यो आगामी मौद्रिक नीतिका लागि सुझाव
-
एमालेलाई सुधार्ने ६ उपाय