रविको चित्कार- संसद्मा एकपटक बोल्न पाउनुपर्यो
बिहीबार, ०३ जेठ २०८१, १७ : ३९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा एकपटक पनि बोल्न नपाएकोमा आक्रोश व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा उनले आफूले एकपटक बोल्न माग गर्दा पनि नपाएको र आफूमाथि घिनलाग्दो मिडिया ट्रायल भएको बताएका छन् ।
उनले लेखेका छन्– ‘एकपटक बोल्न पाउनुपर्यो । त्यत्ति हो मागेको । यति घिनलाग्दो मिडिया ट्रायल ???’
गत फागुन २३ गते गृहमन्त्री भएका रविमाथि कांग्रेसले संसद्मा बोल्न अवरोध गर्दै आएको छ । मन्त्री भएपछि आफूमाथि कांग्रेसले लगाएको ‘सहकारी ठग’को लाञ्छनाको उनले जवाफ दिन पाएका छैनन् ।
संसद्मा कांग्रेसले बोल्न बन्देज गरेपछि उनले आक्रोश व्यक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण