वैदेशिक व्यापारतर्फका सबैजसो सूचक ऋणात्मक

काठमाडौँ । वैदेशिक व्यापारतर्फका सबैजसो सूचक ऋणात्मक देखिएका छन् । चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिसम्मको तथ्यांकअनुसार सबैजसो सूचक ऋणात्मक देखिएका हुन् । चालू वर्षको पहिलो महिनादेखि नै ऋणात्मक अवस्थामा रहेका सबै सूचकले १० औँ महिनासम्म निरन्तर ओरालो अवस्थामा छन् ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा आयात, निर्यात, व्यापार घाटा, कूल वैदेशिक व्यापारसहित सबैजसो सूचक घटेका छन् । कोभिड–१९ महामारीपछि आयात सरकारले प्रतिबन्ध लगाएको थियो । विदेशबाट बढ्दो आयात न्यूनीकरण गर्नका लागि विश्व व्यापार संगठनको मान्यताविपरित प्रतिबन्ध लगाइएको थियो ।
प्रतिबन्ध लाग्नु अघिसम्म हालसम्मकै सबैभन्दा उच्च १९ खर्बभन्दा बढीको आयात भएपछि सरकार झस्केको थियो । कोभिड–१९ महामारीपछि एक्कासि खुलेको उपभोक्ता बजारमा उल्लेख्य माग देखिएको थियो । जसबाट राष्ट्र बैङ्कको ढुकुटीमा रहेको वैदेशिक मुद्राको सञ्चिति घट्न पुग्यो ।
फलस्वरुपः सरकारले विभिन्न वस्तुहरूको नामै किटेर आयात प्रतिबन्ध लगायो । सोही समयमा श्रीलङ्का आर्थिक सङ्कटमा फसेर समस्याग्रस्त अवस्थामा पुगेको थियो । श्रीलङ्काको जस्तै अर्थतन्त्र नेपालको बन्ने डरसहित कडा नीति अवलम्बन गरिएको थियो ।
त्यसयता घट्न थालेको वस्तुको आयात निरन्तर घटिरहेको छ । यसले नेपालको अर्थतन्त्र अझै चलायमान बनेर पुरानै शैलीमा आउन नसकेको बताउँछ । तथ्यांकअनुसार १० महिनाको अवधिमा नेपालको आयात २.३९ प्रतिशतले घटेको छ ।
यो अवधिमा नेपालको कूल आयात १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको भएको छ । गत वर्षको यही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोडको आयात भएको थियो । यो चालू वर्षको तुलनामा ३३ अर्बले बढी हो ।
यसैगरी, यस अवधिमा नेपालको निर्यात समेत ३.६१ प्रतिशतले खुम्चेको छ । तथ्यांकअनुसार नेपालबाट १० महिनामा १ खर्ब २६ अर्ब १७ करोडको निर्यात भएको छ । यो गत वर्षको यही तुलनामा कम हो । गत आर्थिक वर्षको १० महिनाको अवधिमा १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँको निर्यात भएको थियो । जुन, यो वर्षको तुलनामा ४ अर्बले बढी हो ।
यसैगरी १० महिनाको अवधिमा नेपालको व्यापार घाटा समेत २.२६ प्रतिशतले खुम्चेको छ । यस अवधिमा नेपालको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ छ । गत वर्षको यही अवधिमा व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ थियो । यो गत वर्षको तुलनामा २७ अर्बले न्यून हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा
-
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
निरञ्जनी अखडाका प्रमुख गिरीले भेटे देउवालाई
-
नेपाल–भारत सीमानामा ‘हाई अलर्ट’
-
रवि लामिछाने र छविलाल जोशीको निवेदनमा सुनुवाइ भएन
-
नेपालका रुग्ण उद्योगहरूलाई नयाँ मोडालिटीका साथ अघि बढाउने बढाउँछौँ : उद्योग मन्त्री