आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको घुइँचो (तस्बिरहरू)
बुद्ध जयन्ती

बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको घुइँचो (तस्बिरहरू)

बिहीबार, १० जेठ २०८१

काठमाडौँ । २५६८औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । 

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । 

ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । 

यस अवसरमा काठमाडौँ स्थित स्वयम्भू र बौद्धपरिसरमा पनि बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । हेरौँ केही  तस्बिरहरू :

budhya jayanti (1)budhya jayanti (2)budhya jayanti (3)budhya jayanti (4)budhya jayanti (5)budhya jayanti (6)budhya jayanti (7)budhya jayanti (8)budhya jayanti (9)budhya jayanti (10)budhya jayanti (11)budhya jayanti (12)budhya jayanti (13)budhya jayanti (14)budhya jayanti (15)budhya jayanti (16)budhya jayanti (17)budhya jayanti (18)

171642564169917164256417031716425641706171642564170917164256417161716425641719171642564172217164256417251716425641728171642564173217164256417351716425641742171642564174517164256417481716425641752171642564175517164256417581716425641762171642564176617164256417691716425641773171642564177717164256417821716425641786

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया