काठमाडौँ । २५६८औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।
ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
यस अवसरमा काठमाडौँ स्थित स्वयम्भू र बौद्धपरिसरमा पनि बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । हेरौँ केही तस्बिरहरू :
_dLQM683ffq.jpg)
_UWjIma3pUn.jpg)
_p4AQowrFSC.jpg)
_B6SmVREoSU.jpg)
_82Xec0pEql.jpg)
_Vs6iltUSNO.jpg)
_yvaof8nOOn.jpg)
_C1jgBRG3ke.jpg)
_q0iWbNbJGA.jpg)
_zUwdNYmN6K.jpg)
_ZCzpdxK5It.jpg)
_GW3dVWKpB0.jpg)
_CGwczBsxoO.jpg)
_moeSo76Skj.jpg)
_5swoCJp61L.jpg)
_atqkpTMPlj.jpg)
_zhX04Mztqy.jpg)
_rYfkUn2596.jpg)
























प्रतिक्रिया