युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टालाई
काठमाडौँ । युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ । बुधबार राति भएको फाइनलमा जर्मन क्लब बायर लेभरकुसेनलाई ३–० गोल अन्तरले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो ।
एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक गर्न सफल भए । खेलको १२औँ मिनेटमा लोकमनले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । उनले डेभिड जापाकोस्टाको सहयोगमा गोल गर्दै सुरुआती अग्रता दिलाए । २६औँ मिनेटमा लोकमनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि एटलान्टा पहिलो हाफमा २–० को सहज अवस्थामा पुगेको थियो ।
यस्तै, खेलको ७६औँ मिनेटमा लोकमनले ह्याट्रिक पूरा गरेपछि एटलान्टा च्याम्प्यिन बन्नका लागि औपचारिकता मात्रै बाँकी रहेको थियो । त्यसपछि निर्धारित समयमा दुवैबाट कुनै पनि गोल नभएपछि अन्ततः फाइनल पुगेको पहिलो पटकमै एटलान्टा च्याम्पियन बन्न सफल भयो । लेभरकुसेन पनि पहिलो पटक नै फाइनल पुगेको टिम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण