सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

किरण र ममताको ‘तिमी सुस्तरी छेउ आइदेउन्’ सार्वजनिक

सोमबार, १४ जेठ २०८१, १२ : ४५
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । नेपाल आइडलबाट उदाएका किरण भुजेल र ममता गुरुङले नयाँ गीत ‘तिमी सुस्तरी छेउ आइदेउन्’ बजारमा ल्याएका छन् । नवीन श्रेष्ठको शब्द तथा नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको गीतमा एरेन्ज राहुल प्रधानको छ । 

दुई जोडीको रमाइलो प्रेम कथा भिडियोमा बुनिएको छ ।  केशवराज भट्टले निर्देशन गरेको भिडियोमा किरणसँगै ललना चिमोरिया, सम्राट् अधिकारी, प्रिन्सिखा श्रेष्ठको अभिनय छ । 

विशाल थापाको छायाङ्कन रहेको भिडियो दिप्सन शाहले सम्पादन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप