चीप उद्योगमा अर्को साढे ४७ अर्ब डलर खन्याउँदैछ चीन
बेइजिङ । चीनले उन्नत प्रविधिको क्षेत्रमा आफ्नो वर्चश्व बढाउने योजना तीव्र रूपमा अगाडि बढाइरहेको छ । यसका लागि चीनमा अहिलेसम्मकै ठुलो चीप लगानी कोष स्थापना गर्दैछ ।
अमेरिका र युरोप समेतले चीनतर्फ उन्नत खालको चीप प्रविधिको निर्यातमा रोक धमाधम प्रतिबन्धको घोषणा गरिरहँदा चीनले चीप उद्योगमा अर्को साढे ४७ अर्ब डलर खन्याउन लागेको हो ।
आईसीबीसी र चाइना कन्स्ट्रक्सन बैंक समेतका ६ ठुला सरकारी बैंकहरूले सो लगानी गर्न लागेका हुन् । प्रविधि शक्ति राष्ट्रको रूपमा चीनको हैसियत थप बलियो बनाउनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले जोड दिइरहेका छन् । यो कोष सोही प्रयासको हिस्सा हो ।
मेड इन चाइना २०२५ को मार्गचित्र अनुसार चीनले कृत्रिम बौद्धिकता, फाइभजी वायरलेस र क्वान्टम कम्प्युटिङ लगायत कयौँ उद्योगमा आफूलाई विश्वमै सबैभन्दा अगाडि उभ्याउने लक्ष्य लिएको छ ।
यसका लागि एक पछि अर्को कोष स्थापना गरिरहेको छ । पछिल्लो कोष यस प्रयासमा तेस्रो कोष हो । पहिलो चरणमा १९ अर्ब २० करोड डलरको कोष सन् २०१४ मा खोलिएको थियो । त्यसको पाँच वर्षपछि दोस्रो चरणमा २८ अर्ब २० करोड डलरको कोष स्थापना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण