सिधाकुराको मुद्दामा किशोर विष्ट नभेटिएपछि पुनः म्याद जारी गर्ने आदेश
बुधबार, १६ जेठ २०८१, १९ : ३९
काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुराको अवहेलना मुद्दामा एक प्रतिवादी फेला नपरेको भन्दै पुनः म्याद जारी गर्ने आदेश दिएको छ । सिधाकुरा अनलाइनका सञ्चालक र सम्पादकविरुद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले किशोर विष्टको पहिचान गरेर पुनः म्याद जारी गर्न आदेश दिएको हो ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र सारंगा सुवेदीको इजलासले विवादित अडिओ प्रकरणमा बुधबार सुनुवाइपछि किशोर विष्ट नामका व्यक्तिको वतन नखुल्दा म्याद तामेल गर्न नमिलेकाले वतन खुलाएर पुनः म्याद तामेल गर्न आदेश गरेको सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण