संसदीय छानबिन समितिले जीवी–रवि सबैलाई बयानमा बोलाउँछ : महामन्त्री थापा
काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले सहकारी ठगीबारे जाँचबुझ गर्न बनेको संसदीय छानबिन समितिले सबैको बयान लिने बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले गोर्खा मिडिया सञ्चालन गर्ने मालिक जीबी राई र त्यसमा आवद्ध हालका गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाउने बताए ।
‘सूर्यदर्शन लगायतका सहकारीहरू जसबाट गोर्खा मिडियामा रकम गएको छ,’ उनले भने, ‘त्यो रकम एक रुपैयाँ गएको पनि गैरकानुनी हो । यो गैरकानुनी रकम प्रवाह भएकोमा अध्ययन हुन्छ । यो समितिले सहकारीको खाता पनि पल्टाउँछ । गोर्खा मिडियाको खाता पनि पल्टाउँछ । खाता मात्रै पल्टाउँदैन । त्यो गोर्खा मिडिया सञ्चालन गर्ने मालिक जीबी होस् कि छवि होस् कि रवि होस् कि कवि होस् उसलाई पनि बोलाउँछ । बकाइदा बोलाउँछ । छानबिन गर्छ । बयान लिन्छ ।’
समितिले कानुन बमोजिम कारबाही गर्न सिफारिस गर्ने पनि उनले बताए । सदनलाई ढाँट्ने महान्यायाधिवक्तादेखि प्रहरी महानिरीक्षकसम्म सबैलाई समितिले बयानका लागि बोलाउने कुरामा आफूहरू ढुक्क रहेको पनि जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सर्वोच्च अदालतले बढायो ट्रम्पको अधिकार
-
भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
-
इरानले गर्याे अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार
-
हार के हो ? नेदरल्यान्ड्सलाई सोध
-
लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै सुस्तावासीको माइतीघरमा प्रदर्शन (फोटोफिचर)
-
‘रात्रिकालीन जीप सफारी’ ले सामुदायिक वनका उपभोक्तामा उत्साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण