मुख्यमन्त्री यादव विश्वासको मत लिन तयार
बुधबार, २३ जेठ २०८१, १८ : २३
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन तयार भएका छन् । बुधबार बस्ने प्रदेश बैठकमा विश्वासको मत लिन उनी तयार भएका हुन् । त्यसका लागि उनी प्रदेश सभा भवन पुगेका छन् ।
यसअघि बिरामी परेको भन्दै मुख्यमन्त्री यादवले बुधबारका लागि तय भएको विश्वासको मतसम्बन्धीको कार्यसूची सार्न प्रस्ताव गरेका थिए । तर मुख्यमन्त्री यादवको उक्त प्रस्ताव सभामुख रामचन्द्र मण्डलले अस्वीकार गर्दै सदन चलाउने निर्णय गरेका थिए ।
सभामुखले सदनको कार्यसूची नसारेपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन तयार भएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण