आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

ईश्वरीको गीत ‘माया छकी छैन’ सार्वजनिक

बिहीबार, २४ जेठ २०८१, ०८ : ५०
बिहीबार, २४ जेठ २०८१

काठमाडौँ । गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छकी छैन’  सार्वजनिक भएको छ। गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ।

भिडियोमा गायिका बरालको पनि अभिनय देख्न सकिनेछ।  शब्द,सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।

म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखानामा गरिएको छ। भिडियोका निर्देशक मुस्कान ढकाल हुन् भने छायाङ्कन नवराज उप्रेतीको छ । गायिका बरालका यसअघिका चर्चित गीतहरूमा नरिसाउन होइ, खानदानी छोरी लगायत छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप