सामाजिक अभियन्तासँग बृहत् भेला गर्दै माओवादी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) समाज कल्याण विभागले ‘सामाजिक न्याय, सुशासन र समृद्धि’ को अभियानलाई केन्द्रमा राखेर सामाजिक अभियन्तासँग बृहत्तर अन्तरक्रिया एवं भेला गर्ने भएको छ ।
यही जेठ २५ र २६ गते गर्न लागिएको भेलामा देशभरबाट ३ सयभन्दा बढी सामाजिक अभियन्ताहरू काठमाडौँ आउने विभागका प्रमुख सत्या पहाडीले जानकारी दिइन् ।
उनका अनुसार ‘सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रा, सामाजिक अभियन्ताहरूको अर्थपूर्ण सहभागिता र हाम्रो प्रतिबद्धता’ नारामा आधारित भएर गरिने भेलाको अन्त्यमा काठमाडौँ घोषणापत्र जारी गरिनेछ ।
भेलाबाट सरकारले तय गरेको सामाजिक रूपान्तरणको अभियानमा सामाजिक सङ्घसंस्थालाई सहभागी गराउने र सरकारको नीति नियमभित्र रहेर सामाजिक अभियन्ताहरूले राजनीतिक परिवर्तनको यात्रामा गरेको योगदान सँगसँगै बुझ्न पाइनेछ ।
सामाजिक सङ्घसंस्थालाई पार्टीको धारणा बुझाउने र माओवादी केन्द्रले सामाजिक संस्थालाई कसरी हेरेको छ भन्ने विषयमा विभिन्न वृत्तबाट फरक धारणा आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच सय जनाले पाए सुधारिएको चुलो
-
संसद् दलीय स्वार्थभन्दा माथि उठेर जनताको आवाज बन्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
-
जर्मनीमाथि ऐतिहासिक जितपछि पराग्वेका राष्ट्रपतिद्वारा सार्वजनिक बिदा घोषणा
-
भारतीय सुरक्षाकर्मीबाट पाएको दुःख सुनाउन काठमाडौं आइपुगे सुस्तावासी (तस्बिरहरु)
-
सडकपेटी आश्रित दृष्टिविहीन नागरिक ९ दिनदेखि प्रदर्शनमा (तस्बिरहरू)
-
अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता अझै सुरु नभएको इरानको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण