अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता अझै सुरु नभएको इरानको दाबी
सारांश
- इरानले आफ्नो आणविक कार्यक्रमसहित अमेरिकासँग हुने अन्तिम शान्ति सम्झौता सम्बन्धी औपचारिक वार्ता अझै सुरु नभएको दाबी गरेको छ ।
- विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईका अनुसार समझदारीपत्रका केही धाराहरूको कार्यान्वयन सुरु नभएसम्म वार्ता सुरु नहुने बताएका हुन् ।
- यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूको टोली कतारको दोहातर्फ प्रस्थान गरिरहेको जानकारी दिएका छन् ।
तेहरान । इरानले आफ्नो आणविक कार्यक्रमसहित अमेरिकासँग हुने अन्तिम शान्ति सम्झौता सम्बन्धी औपचारिक वार्ता अझै सुरु नभएको दाबी गरेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सरकारी प्रसारक आईआरआईबीसँग कुरा गर्दै अन्तिम सम्झौताका लागि आवश्यक पूर्वसर्तहरू पूरा नभएसम्म वार्ता सुरु नहुने बताएका हुन् ।
उनले भने, ‘हामी अझै अन्तिम सम्झौताका लागि हुने वार्ताको चरणमा प्रवेश गरेका छैनौं,’ उनले भने । बघाईका अनुसार समझदारीपत्र को धारा १३ अनुसार अन्तिम सम्झौतासम्बन्धी वार्ता सुरु गर्नुअघि धारा १, ४, ५, १० र ११ को कार्यान्वयन सुरु भई निरन्तर जारी रहनुपर्ने व्यवस्था छ ।
ती धाराहरूमा धारा १ मा लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने कुरा उल्लेख गरिएको छ । धारा ४मा अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउने तथा इरानको सीमावर्ती क्षेत्रबाट आफ्ना सैन्य उपस्थिति हटाउनु पर्नेछ । धारा ५ मा स्टे«ट अफ होर्मुज पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउनु पर्नेछ । धारा १० मा इरानी तेल निर्यातमाथिका प्रतिबन्ध हटाउने र धारा ११ मा विदेशमा रोक्का गरिएका इरानी सम्पत्तिहरू फुकुवा गर्ने कुरा उल्लेख छ ।
दोहामा अमेरिकी प्रतिनिधिमण्डल
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकी वार्ताकारहरूको टोली कतारको दोहातर्फ प्रस्थान गरिरहेको जानकारी दिएका छन् । उनले उक्त बैठकलाई सायद निकै महत्वपूर्ण हुने सम्भावना रहेको बताएका छन् । हालै स्टे«ट अफ होर्मुज क्षेत्रमा भएका आक्रमणले युद्धविराममा तनाव सिर्जना गरेपछि यो वार्ता हुन लागेको हो । अमेरिका र इरानबीच स्थायी शान्ति सम्झौता गर्न अगस्टको मध्यतिरसम्म समयसीमा रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा घटे कण्डम प्रयोगकर्ता, बढे एचआईभी सङ्क्रमित
-
९ क्याम्पसका स्ववियू सभापतिद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण
-
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला
-
पार्टी प्यालेसको पार्किङबाट चोरिएको स्कुटर खोज्दा खुल्यो गिरोहको रहस्य, ६ जना समातिए
-
भान्स र रुबियो इरान र लेबनान नीतिमा विभाजित हुन् ?
-
राराताल नियाल्ने प्रसिद्ध पर्यटकीय स्थल मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण