मन्त्रालयको भागबण्डा नमिल्दा मधेसको मुख्यमन्त्रीमा दाबी पेस गर्न ढिलाइ
बिहीबार, २४ जेठ २०८१, १९ : २९
काठमाडौँ । मन्त्रालयमा भागबण्डा नमिल्दा मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न ढिलाइ भएको छ । जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने दलहरूबिच सहमति भइसकेको छ ।
जनमत पार्टीले प्रदेश सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । तर बिहान ११ बजेदेखि भागबण्डा मिलाउन बसेको दलहरूको बैठकमा सहमति हुन सकेको छैन । नेकपा (एकीकृत समाजवादी) ले ३ मन्त्रालयमा दाबी गरेपछि कुरा मिल्न नसकेको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण