मधेस प्रदेशको मुख्य न्यायधिवक्तामा महतो नियुक्त
बिहीबार, ३१ जेठ २०८१, १३ : ०९
काठमाडौँ । मधेस सरकारको मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोलाई नियुक्त गरिएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज महतोलाई मुख्य न्यायधिवक्तामा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम अधिवक्ता महतोलाई सो पदमा नियुक्त गरिएको हो । धनुषा सवैला निवासी महतो लामो समयदेखि वकालत पेसामा आबद्ध छन् ।
यसअघिका मुख्य न्यायधिवक्ता वीरेन्द्र ठाकुरले आफ्नो पदबाट राजीनामा दिएका छन् । जसपा नेपाल नेतृत्वको सरकार हटेपछि वीरेन्द्र ठाकुरले राजीनामा दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण