फिल्म ‘मृत्युकोष’ को छायाङ्कन सकियो
_nrNexbW3BT.jpg)
काठमाडौँ । माधवराज खरेलको निर्देशित लघुचलचित्र मृत्युकोषको छायाङ्कन सकिएको छ । काठमाडौँ, ललितपुर र नुवाकोटका विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्रले एकजना मानिसले आफ्नो जीवनको उत्तराद्र्धमा आएर भोग्नुपरेको समस्या उठान गरेको छ ।
नेपाली परिवेशमा पछिल्लो समय युवाहरुको प्रवास पलायनको मारमा बृद्धबृद्धाहरु पर्ने गरेका छन् । यसै विषयवस्तुभित्र रहेर एउटा सशक्त सामाजिक सचेतनाको लागि यो चलचित्र निर्माण आफूले बनाएको निर्देशक खरेलले बताए ।
मुकेश हुँमागाई र राजन खरेलको छायाङ्कन रहेको चलचित्रमा तेज गिरी, गीता अधिकारी, प्रवण भुषाल, लिगेश भट्टराई, शान्तिप्रिय, राजन थापा, राजेन्द्र पाण्डे, दिपक थापा, नम्रता खरेल, सुमिरा गिरी, सपना जोशी, राजन खरेल, जनक सिंह, डा.राजिव यादव, सौरीका खरेल, राधिका खरेल लगायतको अभिनय छ ।
एरा प्रोडक्सनको प्रस्तुित र सञ्चारकर्मी कमला जोशी निर्माता रहेको चलचित्रलाई खरेलले नै लेखेका हुन् । विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका निर्देशक खरेल नेपालको पहिलो मौन चलचित्र ‘ढुङगे युग’, ‘बिरानो माया’, ‘ढुङ्गे युग २’, ‘कुईनेटो’, ‘दुर्गामाडौँ’, ‘हेवे’ ‘करैते भोर’, ‘गढीमाई’, ‘चिट्ठी’ लगायत चलचित्र निर्देशन गरेका छन् । खरेलकै निर्देशन तथा लेखन रहेको चिट्ठी प्रदर्शनको तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
-
सहरी विकास मन्त्रालयको बजेट वृद्धिप्रति शंका छ, कारण खोज्छौँ : नेता पुन
-
राज्यका निकायले चिन्ने नागरिकता दिन गैरआवासीय नेपालीहरूको माग
-
सदनको गतिरोध हटाउन कांग्रेस र रास्वपा छलफल जारी
-
छानबिन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने विपक्षीको अडान कायमै
-
मनकामना धाममा २१६ किलोको घण्टी चढाइयो