सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

कल्पना विष्टको ‘मेरो दुःख मेरो पीडा’ सार्वजनिक

शनिबार, ०१ असार २०८१, ११ : १८
शनिबार, ०१ असार २०८१

काठमाडौँ । भर्खरै साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी बालप्रतिभा कल्पना विष्टको स्वर रहेको गीत ‘मेरो दुःख मेरो पीडा’ सार्वजनिक भएको छ । गीतमा सुजन कोइरालाको शब्द र श्रीधर अधिकारीको संगीत रहेको छ ।

गीतको भिडियोमा गायिका विष्टसहित अर्जुन सापकोटा, नवराज थापाको समेत अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन बबिता श्रेष्ठले गरेका हुन् । 

महेश महराको छायाङ्कन, कल्पेश विश्वकर्माको सम्पादन रहेको भिडिया डिजिटल चिम्पान्जी इन्टरटेनमेन्टबाट बाहिर ल्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप