मधेस प्रदेश
मधेस प्रदेशमा सुरु भएन प्रदेशसभा, बजेट भाषण ढिलाइ हुने
शनिबार, ०१ असार २०८१, १७ : १२
जनकपुर । मधेस प्रदेश सरकारमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा ढिलाइ भएको छ । आगामी वर्षको बजेट भाषणका लागि दिउँसो ३ बजेर ५५ मिनेटलाई प्रदेश सभा बोलाइए पनि अझै भाषण सुरु नभएको हो ।
मधेस प्रदेशकातर्फबाट आगामी वर्षका लागि अर्थमन्त्री भरत प्रसाद शाहले ल्याउँदै छन् । तर प्रदेश सभाको बैठक नै सुरु नहुँदा प्रदेशको भाषण ढिलाइ भएको हो । संवैधानिक व्यवस्थाअनुसार सबै प्रदेशले आज बेलुकासम्म आगामी वर्षको बजेट प्रस्तुत गर्नै पर्छ ।
अन्य प्रदेशले आगामी वर्षको बजेट भाषण सुरु गरे पनि मधेस प्रदेशमा भने प्रदेश सभा नै सुरु भएको छैन । यति बेलासम्म कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आगामी वर्षको बजेट भाषण गर्दैछन् । बागमती प्रदेशसभाले पनि बजेट भाषण सुरु गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण