बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
मधेस प्रदेश

मधेस प्रदेश मन्त्रिपरिषद्ले गर्‍यो बजेट स्वीकृत

शनिबार, ०१ असार २०८१, १९ : २८
शनिबार, ०१ असार २०८१

वीरगन्ज । मधेस सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न स्वीकृति दिएको छ । सदनमा बजेट प्रस्तुत गर्नु  अघि स्वीकृति दिनुपर्ने नीतिअनुरूप साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको आगामी आर्थिक वर्षको बजेट  स्वीकृत गरेको हो ।

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित आय व्ययसहितको बजेट मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको प्रदेशका मन्त्री युवराज भट्टराई (समीर) ले जानकारी दिए ।

उनका अनुसार अब केही बेरमै सो बजेटलाई प्रदेशसभामा प्रस्तुत गरिनेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप